पत्रकार महासंघ युरोप शाखाको नयाँ नेतृत्वमा प्रेम परियार

पत्रकार महासंघ युरोप शाखाको नयाँ नेतृत्वमा प्रेम परियार

लण्डन । नेपाल पत्रकार महासंघ युरोप शाखाको अध्यक्षमा प्रेम परियार निर्वाचित भएका छन् ।

शाखाको शुक्रबार सम्पन्न निर्वाचनले सर्वसम्मत रुपमा परियारको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।

निर्वाचन समितिका अनुसार नवगठित समितिको वरिष्ठ उपाध्यक्षमा केजिन राई र महेशकुमार खाती, उपाध्यक्षहरुमा राजकुमार थापा, रविचन्द्र भट्टराई, प्रेमचन्द्र पोमु, वाइबी गुरुङ, दिल निशानी मगर, जंगम खड्का र दीपेन्द्र गजुरेल, महासचिवमा द्रोण रिजाल, सचिवहरुमा म्हेन्दो वाइवा, शेरबहादुर परियार, सरला कट्टेल, कलश खरेल र कमल पराजुली तथा कोषाध्यक्षमा इन्दिरा चाम्लिङ रहेका छन् ।

यसैगरी, सदस्यहरुमा वीरमान घर्ती, युवराज फुयाँल, दिनेश गौतम, गोमा खरेल, निराजन श्रेष्ठ, कृष्ण तिवारी, शान्ति अर्याल अधिकारी, अनिल पौडेल, भेषबहादुर (सन्जु) काउचा, रमेशराज बाँस्तोला, ल्हाक्पा तेन्जी शेर्पा र किशोर लिम्बु रहेका छन् ।

शाखाको संरक्षकहरुमा पुष्प बरुवाल, पन्चम अधिकारी र राजकुमार दिक्पाल रहेका छन् ।

अधिवेसनका लागि केन्द्रीय समितिबाट बेलायत शाखाका पूर्व अध्यक्ष चिरन शर्मा केन्द्रीय प्रतिनिधि तोकिएका थिए ।

नयाँ कार्यसमिति गठनका लागि नेपाल पत्रकार महासंघ केन्द्रीय समितिका सदस्य राजेश चाम्लिङ राईको संयोजकत्वमा डा. उदयदेव आचार्य सदस्यसचिव रहेको निर्वाचन समिति गठन गरिएको थियो ।

शाखामा ५९ सदस्य रहेका छन् । शाखाको चौथाे अधिवेसनको उद्घाटन फेब्रुअरी २० मा भएको थियो ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *