ब्राजिलमा कोभिड–१९ संक्रमणबाट तीन लाख बढीको मृत्यु

ब्राजिलमा कोभिड–१९  संक्रमणबाट तीन लाख बढीको मृत्यु

रियो डि जेनेरियो । ब्राजिलमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या तीन लाख नाघेको छ । स्वास्थ्य अधिकारीहरुका अनुसार ब्राजिलमा कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या तीन लाख ६८५ पुगेको छ ।

ब्राजिलमा गत २४ घन्टामा ८९ हजार ९९२ भन्दा बढी कोरोना भाइरसका संक्रमित भेटिएको छ । गत मंगलबार कोरोना संक्रमणका कारण एकै दिनमा तीन हजार २५१ जनाको मृत्यु भएको थियो ।

२८ मार्चमा यहाँ कोरोनाबाट दुई हजार ८४१ जनाको मृत्यु भएको थियो । ब्राजिलमा पछिल्ला दिनमा कोभिडका कारण मृत्यु हुनेको संख्या बढ्दै गएको यहाँका अधिकारीले जानकारी दिएका छन्। कोरोनाबाट मृत्यु हुनेको संख्याको आधारमा ब्राजिल अमेरिकापछि दोस्रो सबैभन्दा प्रभावित मुलुक हो ।

पछिल्लो पटक यहाँ भाइरसका नयाँ प्रजाति पनि पाइएको र झन् ठूलो संख्यामा सङ्क्रमित भेटिन थालेको समाचारमा जनाइएको छ ।

यहाँका अस्पतालमा निकै ठूलो संख्यामा संक्रमित रहेका छन् भने पछिल्ला दिनमा आइसियुमा रहेका नागरिकको संख्या पनि धेरै भएको बताइएको छ ।