आवश्यक बाहेक राहदानी नबनाउन विभागको आग्रह

आवश्यक बाहेक राहदानी नबनाउन विभागको आग्रह

 

काठमाडौं । राहदानी विभागले आवश्यक नपरेसम्म पासपोर्ट नबनाउन आग्रह गर्दै विज्ञप्ति जारी गरेको छ ।

निकट भविष्यमा गुणस्तरीय, सुरक्षित र भरपर्दाे विद्युतिय राहदानी (ई–पासपोर्ट) जारी हुने भएकोले अत्यावश्यक बाहेक राहदानी बनाएर घरमा नराख्न विज्ञप्तिमा उल्लेख गरिएको छ ।

साथै विदेश जान नपरेपनि राहदानीको बहाल सकिन लागेकोले नविकरण गर्न आउनेको भिड लागेको समेत विज्ञप्तिमा उल्लेख गरिएको छ ।