सुनको भाउ स्थिर, चाँदीको भाउ घट्यो

सुनको भाउ स्थिर, चाँदीको भाउ घट्यो

काठमाडौं । नेपालमा आज सुनको भाउ स्थिर रहेको छ । मंगलबार प्रति तोला ८६ हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज पनि सोही मूल्यमा कारोबार भइरहेको छ । यसैगरी तेजावी सुन ८६ हजार २५० रुपैयाँमा कारोबार भइरहेको छ ।

मंगलबार प्रति तोला १ हजार २५० रुपैयाँमा कारोबार भएको चाँदी आज १० रुपैयाँले घटेर १ हजार २४० रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले छापावाला सुन प्रति १० ग्राम बराबर ७४ हजार ३३० रुपैयाँ, तेजावी सुन ७३ हजार ९४५ रुपैयाँ र चाँदी प्रति १० ग्राम बराबर १ हजार ६३ रुपैयाँमा कारोबार भइरहेको छ ।