ओमनमा क्वारेन्टाइन सम्बन्धी नयाँ नियम

ओमनमा क्वारेन्टाइन सम्बन्धी नयाँ नियम

मस्कट । ओमनमा क्वारेन्टाइन सम्बन्धी नयाँ नियम लागू हुने भएकाे छ । यहाँको नागरिक उड्डयान प्राधिकरणले विज्ञप्ति जारी गर्दै ओमन आउने यात्रुको लागि नयाँ क्वारेन्टाइन नियम बनाइएको जनाएको छ।

विज्ञप्ति अनुसार २९ मार्च सोमबार दिउँसो २ बजेदेखि ओमन प्रवेश गर्ने यात्रुले ‘सहला’ प्लेटफर्ममार्फत आफू बस्ने आइसोलेशन बुक गर्नुपर्नेछ ।

‘कोभिड –१९ बारे सर्वाेच्च अदालतले गरेको निर्णय र प्राधिकरणले जारी गरेको परिपत्र अनुरुप यो नियम अघि बढाइएको हो । विभिन्न विभागसँगको समन्वयनमा प्राधिकरणले ओमनमा आइपुगेका यात्रु र एयरलाइन्सलाई यसबारे जानकारी दिन विज्ञप्ति जारी गरेको हो,’प्राधिकरणद्धारा जारी विज्ञप्तिमा भनिएको छ ।

अब ओेमन आइपुगेका यात्रु र एयरलाइन्सले निम्न नियमहरुको पालना गर्नुपर्नेछ :

१‍. यो नियम २९ मार्च दिउँसो २ बजेबाट लागू हुनेछ । ओमनमा आइपुगेका सबै यात्रुले सहला प्लेटफर्ममार्फत होटल तथा संस्थागत आइसोलेसन बुक गर्नुपर्नेछ । यसका लागि https://covid19.emushrif.om/  मार्फत बुक गर्न सकिनेछ ।

२. यात्रुले सहला प्लेटफर्ममार्फत आइसोलेसन बुकिङ गरेको छ छैन भन्नेबारे सुनिश्चित गर्ने जिम्मा सम्बन्धित एयरलाइन्सको हुनेछ।

३. प्राधिकरण र सर्वाेच्चको परिपत्रमा आधारित अन्य आवश्यक मापदण्ड पनि पालना गर्नुपर्नेछ।