कर्मचारीमा कोरोना देखिएपछि कुवेतस्थित नेपाली दूतावास अनिश्चितकालको लागि बन्द

कर्मचारीमा कोरोना देखिएपछि कुवेतस्थित नेपाली दूतावास अनिश्चितकालको लागि बन्द

कुवेत । कुवेतस्थित नेपाली दूतावास अनिश्चित कालका लागि बन्द भएको छ । दूतावासका एक कर्मचारीमा कोरोना संक्रमण देखिएपछि दूतावासले सूचना जारी गर्दै अर्को सूचना नआएसम्म दूतावास बन्द रहने जनाएको छ ।

दूतावास बन्द भएसँगै राहदानी नविकरण, कागजात प्रमाणीकरण, कागजात जारी  लगाएतका काम पनि ठप्प रहने सूचनामा उल्लेख गरिएको छ । यद्यपी अत्यावश्यक सेवा लिनुपरेमा भने हटलाइन नम्बर, टलिफोन नम्बर तथा इमेल मार्फत सम्पर्क गर्न दूतावासले अनुरोध गरेको छ ।

हटलाइन नम्बरः 98869121
टेलिफोन नम्बरः 25321603, 25321604, 25321605
इमेलः [email protected]
फेसबुकः Embassy of Nepal, State of Kuwait