कुवेतमा कोरोनाको खोप नलगाएका विदेशीको भिसा नविकरण नहुने

कुवेतमा कोरोनाको खोप नलगाएका विदेशीको भिसा नविकरण नहुने

कुवेत। कुवेतमा विदेशी नागरिकलाई पनि कोरोनाको खोप अनिवार्य गरिएको छ। यहाँको सरकारले कोभिडविरुद्धको खोप नलिएका आप्रवासीको भिसा नविकरण नगर्ने जनाएको छ।

आगामी सेप्टेम्बरपछि भिसा नविकरण गर्ने आप्रवासी कामदारले अनिवार्य कोरोनाको खोप लगाएको हुनुपर्नेछ। खोप नलगाएकाहरुको सेप्टेम्बरपछि भिसा नविकरण हुनेछैन् ।

कुवेतले कोभिडविरुद्धको खोप विदेशीलाई समेत आफ्नै नागरिक सरह निःशुल्क वितरण गरेको छ । स्वास्थ्य मन्त्रालयको वेभ साइटमा आफ्नो विवरण भरेपछि मोबाइलमा अपोइन्ट्मेन्टको म्यासेज दिनेगरि खोपको व्यवस्था मिलाएको छ। पछिल्लो समय संक्रमण तीव्र गतिमा फैलिएपछि कुवेत सरकारले यस्तो कदम चालेको हो।

आप्रवासीसहित कुवेतको जनसंख्या झन्डै चालीस लाख छ।