बन्द रहेको वैदेशिक रोजगार बोर्डको कल सेन्टर सेवा पुन: सञ्चालनमा

बन्द रहेको वैदेशिक रोजगार बोर्डको कल सेन्टर सेवा पुन: सञ्चालनमा

काठमाडौं । वैदेशिक रोजगार बोर्डको कल सेन्टर सेवा चार महिनापछि पुन:सञ्चालनमा आएको छ । बोर्डले विज्ञप्ति जारी गर्दै चैत १ गतेबाट कल सेन्टर पुनः सञ्चालनमा आएको जनाएको छ ।

बोर्डले प्राविधिक स्तरोन्नती सम्बन्धी कार्य गर्ने भन्दै गत मंसिर १ गतेबाट कल सेन्टर सेवा बन्द गरेको थियो ।

गुनासो, सुझाव वा जानकारी दिनका लागि स्वदेशबाट भए कलसेन्टरको नम्बर ११४१ वा १६६००१५०००५ मा फोन गर्न सकिने छ।

साथै विदेशमा रहेका श्रमिकहरुले  ह्वाट्सएपमा +९७७-०१-५९७०००८ र भाइबरमा ९८०१८०००१३  मार्फत समेत कल सेन्टरमा प्रश्न, जिज्ञासा राख्न तथा उजुरी टिपाउन सक्नेछन् ।

वैदेशिक रोजगारीमा हुने गरेका ठगी तथा गुनासाहरु टिपाउन २०७५ सालमा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कल सेन्टरको स्थापना गरेको थियो । कल सेन्टर वैदेशिक रोजगार बोर्ड सचिवालयको व्यवस्थापनमा सञ्चालन हुँदै आएको छ ।