नेपालमा सुनको मूल्य बढ्यो, चाँदीको मूल्य यथावत

नेपालमा सुनको मूल्य बढ्यो, चाँदीको मूल्य यथावत

काठमाडौं । आज नेपालमा सुन प्रति तोला ४ सयले वृद्धि भएको छ । शुक्रबारको प्रति तोला ८६ हजार २ सय रुपैयामा कारोबार भएको तेजावी सुन आज ४ सयले वृद्धि भएर ८६ हजार ६ सय रुपैयाँमा कारोबार भैरहेको छ । यसैगरी तेजावी सुन शुक्रबार प्रति तोला ८५ हजार ७ सय ५० रुपैयाँमा कारोबार भएकोमा आज ८६ हजार १ सय ५० रुपैयाँमा कारोबार भैरहेको छ ।

यसैगरी चाँदीको मूल्य भने यथावत रहेको छ । आज चाँदी प्रति तोला १ हजार २ सय ७० रुपैयाँमा कारोबार भैरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले छापावाला सुन प्रति १० ग्राम ७४ हजार २४५ रुपैयाँ, तेजावी सुन ७३ हजार ८६० रुपैयाँ र चाँदी प्रति १० ग्राम १ हजार ८९ रुपैयाँ मूल्य कायम गरेको छ ।