यी साधारण उपाय, जसले आँखालाई स्वस्थ राख्न मदत गर्दछ

यी साधारण उपाय, जसले आँखालाई स्वस्थ राख्न मदत गर्दछ

काठमाडौं । आधुनिक जीवनशैलीसँगै फेरिएको दिनचर्याले मानिसलाई स्क्रिनमुखि बनाएको छ । उपलब्ध भएसम्म हरेक उमेर समुहका मानिस मोवाइल, ल्यापटपको स्क्रिनमा रमाइरहेका छन् । हाम्रो स्क्रिनप्रतिको सौखिन बानीले दिनप्रतिदिन आँखामा असर बढ्दै गएको छ । त्यसमाथि बढ्दै गइरहेको धूवा, धुलो र प्रदूषणका कारण आँखामा एलजर्ली हुने, चिलाउने जस्ता समस्या बढ्दो छ । यस्तो अवस्थामा आँखालाई कसरी जोगाउने त ?

हामीले दैनिक गर्ने व्यवहारलाई मात्रै ध्यान दिने हो भने पनि आँखालाई स्वस्थ राख्न सकिन्छ । जस्तै,

१. दैनिक खाने खानामा पोषिलो खानाको सम्मिश्रण हुन आवश्यक छ । जस्तै हरियो सागपात, पहेलो फलफूल, माछा लगाएत । विभिन्न प्रकारका हरियो सागपातमा भिटमिन ए, सी लगाएत प्रशस्त मात्रामा पाईन्छ । जसले आँखाको दृष्टि तेज बनाउन मदत गर्दछ । यसैगरी पहेलो फलफूललाई भिटमिन ए को स्रोतको रुपमा लिने गरिन्छ ।

२. नियमित रुपमा आँखाको जाँच गर्नुपनि आँखालाई स्वस्थ राख्ने एउटा तरिका हो । आँखालाई प्लस र माइनस पावरको आवश्यकता पर्दछ । यदि आँखा कमजोर छ भने बेला बेलामा चेकजाँच गरेर पावर फेर्न आवश्यक छ । आँखा कमजोर नभएकाले पनि वर्षमा एक पटक आँखा परिक्षण गराउनु उपयुक्त हुन्छ ।

३. समय समयमा आँखामा पानी छर्केर पनि आँखालाई स्वस्थ राख्न सकिन्छ । यसले आँखामा डिहाइड्रेसन हुन दिदैन । बाहिर घाम, धूलोबाट फर्केपछि आँखामा पानी छम्किदा आँखामा भएको धूलो पखालिने गर्छ भने आँखालाई सुक्खा हुन दिदैन । साथै चिकित्सकको सल्लाह अनुसार औषधिको प्रयोग गर्न सकिन्छ ।

४. सवारी चलाउँदा चस्माको प्रयोग गर्नु आँखाको लागि उपयुक्त रहन्छ । चस्माले धूलो छेक्न मदत गर्दछ । साथै चर्काे घाममा निस्किदा होस या मोबाइल ल्यापटप प्रयोग गर्दा ब्लू लाइट प्रोटेक्ट चस्माको प्रयोग गर्नुपर्दछ ।

५. आँखाको व्यायामसँगै आँखा झिम्काइरहनु आवश्यक छ । बिशेषत कम्प्यूटर, ल्यापटपको स्क्रिनमा काम गर्नेहरु एकोहोरो स्क्रिनमा हेरिरहेका हुन्छन् । यस्तो अवस्थामा पटक पटक आँखा झिम्क्याउँदा ताजा र तनावमुक्त भएको महसुस हुन्छ । साथै आफ्ना दुइ हत्केला रगडेर हात तातो बनाई आँखामा राख्दा आनन्दको महसुस हुन्छ ।