आज फेरी घट्यो नेपालमा सुनचाँदीको मूल्य

आज फेरी घट्यो नेपालमा सुनचाँदीको मूल्य

काठमाडौं । नेपालमा आज सुनको मूल्यमा गिरावट आएको छ । शुक्रवार प्रति तोला ६ सयले घटेर छापावाला सुन प्रति तोला ८६ हजार २ सय रुपैयाँमा कारोबार भैरहेको छ । यसैगरी तेजावी सुन प्रति तोला ८५ हजार ७ सय ५० रुपैयाँमा कारोबार भैरहेको छ ।
यसैगरी आज चाँदीमा प्रति तोला १५ रुपैयाँले घटेर १२ सय ७० रुपैयाँमा कारोबार भैरहेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघले आज छापावाला सुन प्रति १० ग्राम बराबर ७३ हजार ९ सय ५ रुपैयाँ, तेजावी सुन ७३ हजार ५ सय २० रुपैयाँ र चाँदीमा १ हजार ८९ रुपैयाँ मूल्य कायम गरेको छ ।