फेरि जापान प्रहरीबाट सम्मानित भए दुई नेपाली

फेरि जापान प्रहरीबाट सम्मानित भए दुई नेपाली

टाेकियाे । जापान प्रहरीबाट दुई नेपालीले सम्मान पाएका छन् । ग्राहकलाई ठगिनबाट जोगाएको कारण २९ वर्षीया नेपाली महिला र ३३ वर्षीय नेपाली पुरुषले जापान प्रहरीबाट प्रशंसा पत्रसहित सम्मानित हुने अवसर पाएका हुन् ।

उनीहरुलाई सागा प्रिफेक्चरल प्रहरीले सम्मान गरेको हो । उनीहरुले त्यहाँको तोसु शहरमा रहेको सेभेन इलिभेनमा पार्ट टाइम काम गर्थे।

गत १५ फेब्रुवरीमा बेलुकाको समयमा ७० वर्षीया एक वृद्धले इन्टरनेट माध्यमबाट गिफ्ट भौचर किन्न नजानेर सोधेपछि ती नेपाली महिला कर्मचारीले प्रहरीलाई बोलाएका थिइ्न । नेपाली पुरुषले सोहि दिन ४० वर्षीया महिलालाई इन्टरनेट माध्यमबाट ३० हजार जापानी यान ठगिनबाट जोगाएका योउमुरी अनलाइनले जनाएको छ । दुवै कर्मचारी नेपाली भनिएको भएता नि उनीहरुको परिचय भने खुलाइएको छैन्।

दुवै नेपालीलाई प्रहरी प्रमुख माकी तानाकाले प्रशंसा पत्र प्रदान गरेका थिए । ‘विदेशी विधार्थीहरुले गरेको यो एकदम ठूलो कार्य हो, यस्ता घटनाहरु हुन नदिने थप प्रयास गर्नेछौ’, प्रहरी प्रमुख तानाकाले भनेका छन्।

यसअघि पनि ठगिनबाट जोगाएको ३५ वर्षीय नेपाली युवा नवराज अधिकारी सम्मानित भएका थिए अधिकारी सेभेन इलेभेन फुकुसिमा नोदा–चो शहरमा काम गर्दै आएका अधिकारीले अनलाइन माध्यमको ‘स्क्याम’ बारे बताएर एक महिलालाई १ लाख ५० हजार ठगिनबाट जोगाएका थिए ।

यो पनि पढ्नुहोस्

जापान प्रहरीबाट सम्मानित भए नेपाली युवा