जापान प्रहरीबाट सम्मानित भए नेपाली युवा

जापान प्रहरीबाट सम्मानित भए नेपाली युवा

फुकुसिमा,जापान । प्रवासमा रहेका नेपालीहरु आफू समस्यामा पर्नेमात्र होइन,कहिलेकाँही समस्यामा परेकाहरुलाई उद्घार गर्न पनि पछि नपर्ने रहेछन । जापानमा यस्तै एउटा घटना घटयो,जसले स्यावासी लायक काम गरेकै कारण एक नेपाली युवाले जापान प्रहरीबाट सम्मानित हुने अवसर पाए।

बुढयौली उमेरकी एक जापानीज महिलालाई ठगिनबाट जोगाएको कारण प्रहरीबाट प्रसंसापत्र सहित ती नेपाली युवा सम्मानित भएका हुन । यसरी सम्मानित हुने ती युवा हुन्,नवराज अधिकारी।

एकपटक १८ जनवरीमा फर्कौ । इन्टरनेट माध्यमबाट १ लाख ५० हजार जापानी यान ठगिनबाट ती नेपाली युवाले जापानीज महिलालाई जोगाएको योउमुरी सिम्बुन पत्रिकाले जनाएको छ । १२ वर्षअघि जापान आएका ३५ वर्षीय अधिकारी सेभेन इलेभेन फुकुसिमा नोदा–चो शहरमा काम गर्दै आएका छन् । अधिकारीले अनलाइन माध्यमको ‘स्क्याम’ बारे बताएर ती वृद्ध महिलालाई ११० मा फोन गरी प्रहरीमा बुझ्न लगाएका थिए।

कारण यही थियो,जापानी प्रहरीले अधिकारीलाई सम्मान गर्नुको । ‘वृद्ध ब्यक्तिहरुलाई सहयोगको काम जारी राख्छु,’ सम्मान प्राप्त गरेपछि अधिकारीले भने,‘धोकामुक्त समाजको अनुभूती मेरो पनि चाहना हो ।’