कुवेतमा कडा कफ्र्यू, अवज्ञा गरे जेल तथा १० हजार दिनार जरिवाना

कुवेतमा कडा कफ्र्यू, अवज्ञा गरे जेल तथा १० हजार दिनार जरिवाना कुवेत सिटी

कुवेत । कोरोना भाइरस (कोभिड–१९) को संक्रमणको जोखिम बढेपछि कुवेतले फेरि कफ्र्यू लगाएको छ। बढ्दो संक्रमणलाई नियन्त्रण गर्न भन्दै यहाँको सरकारले आइतबारदेखि पुनः १२ घण्टा कफ्र्यू लगाएको हो।

सरकारले अर्काे सूचना नभएसम्म बेलकी ५ बजेबाट बिहान ५ बजेसम्म कफ्र्यू आदेश जारी गरेको छ। कर्फ्यू अवज्ञा गरेमा जेल सजायदेखि १० हजार दिनारसम्म जरिवाना गरिने बताइएको छ।

स्थानीय सञ्चारमाध्यमका अनुसार कर्फ्यू अवधिमा स्वास्थ्यकर्मी, बिरामी (हस्पिटलको अपोइन्टमेन्टसहित), सुरक्षाकर्मी तथा अन्य केही सीमित क्षेत्रका कामदारहरु मात्र बाहिर निस्किन पाउनेछन्। उनीहरुले समेत क्यूआर कोडसहितको पास प्रयोग गर्नुपर्नेछ।

बिरामीले हस्पिटलको पोइन्टमेन्ट लिएवापत मोबाइलमा क्यूआर कोड प्राप्त गरेपछि मात्र बाहिर निस्किन पाउनेछन्। अन्यथा कर्फ्यू अवज्ञा गरेको ठहरिने छ।

त्यस्तै बिहान ५ बजेदेखी साँझ ५ बजेसम्म कुनै पनि नीजि वा सार्वजनिक स्थलमा जमघट गर्न पाइनेछैन् । सार्वजानिक स्थलमा हिँडडुल गर्दा मास्कको प्रयोग अनिवार्य गरिएको छ।

त्यसैगरि सार्वजानिक यातयातमा पनि यात्रुको संख्या सीमित गरिएको छ। ट्याक्सीमा २ जना र पब्लिक बसमा बढिमा ३० प्रतिशतले मात्र यात्रु यात्रा गर्न पाउनेछन्।