कोरिया जाने तयारीमा रहेका श्रमिकलाई ६ महिना म्याद थप

काठमाडौँ। इपीएसमार्फत दक्षिण कोरिया जान भाषा परीक्षा पास गरी बसेका युवाका लागि छ महिना समय थप्न कोरिया सहमत भएको छ । यसबाट कोरियाली भाषा पास गरेका तर कोरोनाका कारण कोरिया जान नपाएका नेपाली युवा लाभान्वित हुनेछन् ।
परिमार्जित पूर्वप्रस्थान अभिमुुखीकरण तालिम पाठ्यक्रम कार्यान्वयन सम्बन्धमा आयोजना गरिएको प्रशिक्षकका लागि पुनर्ताजगी तालिमको समापन गर्न वैदेशिक रोजगार बोर्डले आइतबार राजधानीमा आयोजना गरेको कार्यक्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गौरीशङ्कर चौधरीले उक्त जानकारी दिएका हुन् ।
मन्त्री चौधरीले अवधि थप गर्नेबारे दक्षिण कोरियाको मानव संसाधन विभाग (एचआरडी) सहमत भएको पनि जानकारी दिए । यो समाचार गोरखा पत्र दैनिकले छापेको छ ।
ताजा अपडेट

प्रवास खबर
१५ देशमा फैलियो मंकीपक्स संक्रमण

प्रवास खबर