एसिड पीडित मुस्कान खातुनलाई प्रतिष्ठित अमेरिकी अवार्ड

एसिड पीडित मुस्कान खातुनलाई प्रतिष्ठित अमेरिकी अवार्ड

काठमाडौं । तेजाब हमलामा परेकी मुस्कान खातुन अमेरिकी सरकारको अन्तर्राष्ट्रिय साहसी महिला आईडब्ल्यूओसी अवार्डबाट सम्मानित हुने भएकी छिन् । काठमाडौंस्थित अमेरिकी दूतावासले प्रेस विज्ञप्ति जारी गर्दै अन्तरार्ष्ट्रिय महिला दिवसको अवसर पारेर उक्त पुरस्कार प्रदान गर्ने जनाएको छ।

यो पुरस्कार पाउने उनी कान्छीमध्ये एक र नेपालकी पहिलो महिला भएकी नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी बेरीले ट्वीटरमार्फत् जानकारी दिएका छन् ।

उनी सहित यो वर्ष सो सम्मान विश्वभरिबाट छानिएका १४ महिलाले प्राप्त गर्नेछन्।

उक्त अवार्ड मार्च ८ मा भर्चुअल कार्यक्रममा अमेरिकी प्रथम महिला जील बाइडनले प्रदान गर्नेछिन्।