जापानमा नेपाली युवाद्वारा आत्महत्या

जापानमा नेपाली युवाद्वारा आत्महत्या

टोकियो । रोजगारीको सिलसिलमामा जापान आएका एक नेपाली युवाले आत्महत्या गरेका छन् । बाग्लुङ ग्वालीचौरका ३७ वर्षीय मधु आचार्यले सोमबार राति आत्महत्या गरेका हुन्।

मधु विगत ८ वर्षदेखि जापानको आइचीकेन खासुगाइ शहरमा बस्दै आएका थिए । श्रोतका अनुसार उनले कुकको काम गर्थे । मधुकी श्रीमती पनि जापानमै छिन्।

पारिवारिक मतभेदका कारण बेग्लाबेग्लै बस्दै आएका आचार्यले गत शनिबार श्रीमतीसँग वार्तालाप गरेको बताइएको छ।

आफ्नै कोठामा चुकुल लगाएको अवस्थामा आचार्य झुण्डिएको अवस्थामा मृत भेटिएको प्रहरीले बताएको छ।

आचार्य दम्पतीको ५ वर्षीय छोरी हाल नेपालमा रहेकी छिन्।

 



No ads found for this position