कोरोनाको संक्रमणबाट विदेशमा ३३५ नेपाली ज्यान गुमाए

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट बेलायतमा थप २ नेपालीको निधन भएको छ । योसँगै संक्रमणबाट विदेशमा ज्यान गुमाउने नेपालीको संख्या ३५५ पुगेको गैरआवासीय नेपाली संघका स्वास्थ्य समिति संयोजक डा. संजीज सापकोटाले जानकारी दिएका छन् ।
संयोजक सापकोटाका अनुसार शनिवार साँझसम्म विभिन्न ५० देशमा रहेका ६० हजार १ सय २१ जना नेपालीमा कोरोना संक्रमण पुष्टि भएको छ । तीमध्ये ५८ हजार ४ सय ३२ जना कोरोना संक्रमण मुक्त भएका छन् । संक्रमणमुक्त हुने दर ९७ प्रतिशत छ ।
स्वास्थ्य समितिको तथ्याङक अनुसार यो साता अष्ट्रेलिया, स्पेन, बेलायत, यूएई, साउदी अरबमा रहेका थप नेपालीहरुमा कोरोना संक्रमण देखिएको छ ।
ताजा अपडेट

प्रवास खबर
आजबाट आईपीएल सुरु

प्रवास खबर
भारतबाट घर फर्किनेमा देखिन थाल्यो कोरोना

प्रवास खबर
श्रम स्वीकृति अब स्थानीय तहबाटै

प्रवास खबर
४३ सयभन्दा बढी अफगान शरणार्थी घर फर्किए

प्रवास खबर