राजदूत शेर्पाद्वारा युएन डब्लुटीओका महासचिव समक्ष ओहोदाको प्रमाणपत्र पेश

स्पेन । स्पेनका लागि नेपाली राजदूत दावा फुटी शेर्पाले संयुक्त राष्ट्र संघीय विश्व पर्यटन संगठन (युएन डब्लुटीओ) का महासचिव जुराब पोलोलिकाशभिली समक्ष आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेकी छिन् । राजदूत शेर्पा विश्व पर्यटन संगठनका लागि नेपालकी प्रतिनिधि पनि हुन्।
९ फेब्रुवरी तारिख मंगलबार आफ्नो प्रमाणपत्र पेस गर्दै राजदूत शेर्पाले कोभिड–१९ महामारीका कारण प्रभावित विश्व पर्यटन क्षेत्रलाई पुनःसक्रिय तुल्याउन विश्व पर्यटन संगठनले निर्वाह गरेको महत्वपूर्ण भूमिकाबारे प्रशंसा गरेको म्याडिडस्थित नेपाली दूतावासले जनाएको छ ।
शेर्पाले महासचिव जुराब पोलोलिकाशभिलीले पर्यटनबारे पुनर्विचार गर्न र पर्यटन गतिविधि फेरि सुरु गर्न गरेको आह्वान नेपालका लागि पनि सान्दर्भिक रहेको बताएकी थिइन् ।
पोलोलिकाशभिलीले नेपालको पर्यटनका विभिन्न क्षेत्रमा विश्व पर्यटन संगठनको सहयोग जारी रहने बताएको दूतावासले जनाएको छ ।
ताजा अपडेट

आज कतिमा हुँदैछ विदेशी मुद्राको कारोबार ?
