मंगलबार कतारमा सार्वजनिक विदा, दूतावास पनि बन्द रहने

मंगलबार कतारमा सार्वजनिक विदा, दूतावास पनि बन्द रहने

दोहा । राष्ट्रिय खेलकुद दिवसको अवसरमा ९ फेब्रुअरी मंगलबारका दिन कतार सरकारले सार्वजानिक विदा घोषणा गरेको छ।

कतारले हरेक वर्ष फेब्रुअरीको दोस्रो मंगलबार राष्ट्रिय खेलकुद दिवस मनाउने गर्छ । सोही दिन सार्वजनिक विदा पनि दिइन्छ । अघिल्ला वर्षहरुमा धुमधामपूर्वक मनाइदै आएको यो दिवस यसपाली भने कोभिडको कारणले सामान्य रुपले मनाउन लागिएको छ । यसपटक सरकारले एकल खेलकुद प्रतियोगिता मात्रै सञ्चालन गर्ने अनुमति दिएको छ ।

खेलकुद दिवसको अवसरमा दोहास्थित नेपाली दूतावास पनि बन्द रहने भएको छ । सोमबार दूतावासले एक सूचना जारी गर्दै मंगलबार दूतावासको सेवा प्रवाह रोकिने जनाएको छ । बुधबारदेखि भने सेवा नियमित गरिने दूतावासको सूचनामा उल्लेख छ।