एनआरएनए इन्फ्रास्ट्रक्चरको अध्यक्षमा पुन : लामिछाने

एनआरएनए इन्फ्रास्ट्रक्चरको अध्यक्षमा पुन : लामिछाने

काठमाडौं । गैरआवासीय नेपालीहरुको संयुक्त लगानीमा संचालित एनआरएनए इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट लिमिटेडको अध्यक्षमा पुन : जीवा लामिछाने सर्वसम्मत भएका छन्।

कम्पनीको आइतवार सम्पन्न आठौं साधारणसभाले लामिछानेलाई पुनः आगामी कार्यकालको लागि सर्वसम्मतले जिम्मेवारी दिएको हो।

९ जना रहेको संचालक समितिमा एनआरएनए पूर्वअध्यक्ष शेष घले, संघका कोषाध्यक्ष महेश श्रेष्ठ, पूर्वकोषाध्यक्ष हिक्मत थापा, कृष्ण पाण्डे, भरत कुमार थापा, श्रीमती संगिता केसी, अम्बिकाप्रसाद पौडेल र कुल आचार्य रहेका छन् ।

कम्पनीले उर्जा क्षेत्रमा लगानी गरेको छ । उसले दर्दी खोला,मध्यतमोर,तल्लो लिखु,माथिल्लो माइलुङ खोला लगायतको क्षेत्रको उर्जामा लगानी गरेको छ ।

कम्पनीमा ८ सय भन्दा बढी गैरआवासीय नेपालीले लगानी गरेका छन् ।