काठमाडौं । लामो समयसम्म गीत गाउने शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरलाई विश्व कीर्तिमानीको प्रमाणपत्र हस्तान्तरण गरिएको छ ।
भारतको नयाँ दिल्लीमा आयोजित कार्यक्रममा राज्यमन्त्री मानन्धरलाई भारतका सामाजिक न्याय तथा अधिकारिकता राज्यमन्त्री रामदास आठवलेले उक्त प्रमाणपत्र हस्तान्तरण गरेका हुन् ।
उनले गत पुस १० गते लगातार ४ घण्टा ५ मिनेट २० सेकेण्डसम्म गीत गाएर गिनिस वल्र्ड रेकर्डस कायम गरेका थिए ।
मन्त्री मानन्धरसँग बुधबार दिल्ली अध्ययन केन्द्रले अन्तरक्रिया आयोजना गरेको छ । भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय जोलीले कार्यक्रमको संयोजन गरेका छन् ।