ती लाश जो घर फर्किन पर्खिरहेका छन्

ती लाश जो घर फर्किन पर्खिरहेका छन् मलेसियामा ज्यान गुमाएका नेपालीको शव अघिल्लो साता काठमाडौंमा आफन्तलाई जिम्मा लगाइँदै

क्वालालम्पुर । नेपाली राजदूतावासले मलेसियामा रहेका नेपालीका लास काठमाडौँसम्म लगिदिन एयरलाइन्सहरुलाई आग्रह गरेको छ ।

दूतावासका द्वितीय सचिव प्रतीक कार्कीका अनुसार,नेपालमा रहेका मृतकका शोकाकुल परिवारजनले मृतकको शव कहिले पठाइन्छ भन्नेबारेमा दूतावासमा लगातार फोन गरिरहेका थिए ।

४५ दिनको लामो प्रतिक्षापछि दूतावासले गतसाता १९ वटा शव नेपाल पठाएको थियो ।

नेपाल एयरलाइन्सले मृतकलाई लिनका लागि कर्पोरेट सामाजिक जिम्मेवारीको अंशको रुपमा ठूलो वाइडबडी विमान नै मलेसिया पठाएका थिए ।

मर्चयुरिमा अझै २४ वटा लासहरु छन् । ती लासहरु एक महिनाभन्दा बढी समयदेखि त्यहाँ रहेको कार्कीले बताए । उनले भने,‘एयरलाइन्सले कफिनहरूका लागि ठाउँ प्रदान गर्न प्रतिबद्ध नदेखिएसम्म मृतकको संख्या अझै थुप्रिन सक्ने सम्भावना छ ।’

गत वर्षमात्रै मलेसियामा २ सय ७५ नेपाली श्रमिकको मृत्यु भयो ।

हिमालय एयरलाइन्सले आफ्ना उडानहरु मध्ये एउटा उडानमा दुईवटा कोटा शवका लागि छुट्याउँछ । क्वालालम्पुरबाट काठमाडौंका लागि उडान सञ्चालन गर्ने अर्को एकमात्र एयरलाइन्स मालिङ्गो एयर हो,जसले कफिन ढुवानी गर्न बन्द गरिसकेको छ । मलेसिया एयरलाइन्स र एयर एसियाले कामदारको पक्षमा विशेष उडानहरु मिलाउन कदम चाल्नेमा दूतावास आश्वस्त रहेको कार्कीको भनाइ छ ।

‘हाम्रा श्रमिकले सडक निर्माण गर्न मद्दत गरे,शौचालय सफा गरे र मलेसियनहरुलाई उनीहरूको सुरक्षागार्ड भएर सुरक्षित बनाए,’ कार्कीले भने,‘त्यसैले हामी एयरलाइन्सहरुबाट केही सहयोग मागिरहेका छौं ।’

नेपाली श्रमिक विभिन्न कारणले मरे । तीमध्ये पाँच जनाको कोभिड–१९ को कारणले मुत्यु भयो । उनीहरुको अन्तिम संस्कार मलेसियामामै गरियो।

दूतावासको रेकर्ड अनुसार गत वर्ष मलेसियामा झण्डै ३ लाख नेपाली श्रमिकहरु कार्यरत थिए । तर कोभिड–१९ को कारणले तीमध्ये ४० हजारले रोजगार गुमाउन पुगे ।

कार्कीको भनाइ अनुसार रोजगारदाताहरुले शवलाई घर पठाउनको लागि खर्च गर्न सक्थे, श्रमिकले क्षतिपूर्तिको दाबी गर्न सक्थे । यो अभिभारा परिवार, दाता र कहिलेकाहीँ रोजगारदाताहरुले पनि लिन्छन् ।

मलेसिया टुडे