कुवेतमा हत्या गरिएका नेपालीको कंकाल फेला

कुवेतमा हत्या गरिएका नेपालीको कंकाल फेला कुवेत सिटी

कुवेत । नेपाली श्रमिकले परदेशमा भोग्ने हिंसाको श्रृंखला अन्तहिन बन्न पुगेको छ । बुधवार कुवेतमा यस्तै भयो । यहाँस्थित अब्दालीको मरुभूमिबाट करिब दुई किलोमिटर टाढा एउटा कंकालको अवशेष भेटियो । निकै निर्ममतापूर्वक हत्या गरिएको उक्त कंकाल बालुवाले ढाकेको अवस्थामा फेला परेको थियो । जंगली कुकुरहरुले उक्त ठाउँमा खोस्रिदाँ कंकाल भेटिएको हो ।

दुखद कुरा ! कुवेतको फौजदारी घटना विभाग (सिइडी)ले पुष्टि गरे अनुसार, उक्त कंकालको अवशेष नेपालीको हो ।

कुवेतस्थित अपराध अनुसन्धान विभाग(सिआइडी)ले पुष्टि गरे अनुसार,हत्या गरिएका ती नेपाली केही महिनाअघिदेखि आफ्नो कार्यथलोबाट बेपत्ता भएका थिए । यसको रिपोर्ट स्थानीय प्रहरीलाई गरिएको थियो ।

सिआइडीले हत्याराको पहिचान गर्न आफ्नो अनुसन्धानलाई तिब्रता दिएको छ । सिआइडीले थप कर्मचारी प्रयोग गरेर हत्याराको पहिचान गर्न लागिपरेको छ । हत्याराले कुवेत छोडिसकेको वा कुवेतमै छ भन्नेबारे पनि सिआइडीले अनुसन्धान अघि बढाएको छ।

तर, यो समाचार तयार पार्दासम्म हत्या गरिएका ती नेपालीको पहिचान खुल्न सकेको छैन ।