जापानकाे हिरोशिमामा एकैपटक आठ लाख जनाको निःशुल्क कोरोना परीक्षण गरिने

जापानकाे हिरोशिमामा एकैपटक आठ लाख जनाको निःशुल्क कोरोना परीक्षण गरिने

टोकियो । जापानको एउटा राज्यमा एकैपटक ८ लाख जनाको कोरोना परीक्षण गरिने भएको छ । शुक्रबार पश्चिम जापानको हिरोशिमा प्रिफेक्चुरल सरकारले देशको सबैभन्दा ठूलो कोरोना परीक्षण अभियान चलाउने घोषणा गरेको हाे ।

समुदायमा कोरोनाका सक्रिय संक्रमित पत्ता लगाउन ८ लाख व्यक्तिसम्मको निःशुल्क कोरोना भाइरस परीक्षण गर्नेबारे प्रिफेक्चरले तयारी गरिरहेको छ । यस्तो ठूलो मात्राको परीक्षण हालैका दिनमा बढेको संक्रमणको जोखिमलाई कम गर्न भएको अधिकारीहरुले बताएका छन् ।

यस्तो परीक्षण प्रिफेक्चर भर उपलब्ध गराइने तर यो स्वैच्छिक भएको बताइएको छ । पोलीमरेज चेन रियाक्शन (पीसीआर) परीक्षणले हिरोशिमा शहरको केन्द्रमा रहेका सबै बासिन्दा र कामदारहरूलाई लक्षित गर्दछ, जहाँ भाइरसको अवस्था सबैभन्दा उच्च जोखिमको चौथो स्थानमा रहेको छ । केन्द्र सरकारले निर्धारण गरेको खतराको चौथो बिन्दु सबै भन्दा नराम्रो स्तर हो।

करिव १२ लाख जनसंख्या भएको प्रिफेक्चुरल राजधानीमा हालसालै कोरोना भाइरस संक्रमणको विस्फोटक संक्रमण देखिएको छ । मुख्य शहरमा यहाँ कुल कोरोना संक्रमितको संख्या २,९०० पुगेको छ ।

प्रिफेक्चरका अनुसार शहरको मध्य वडा नाका, हिगाशी, मिनामी र निशीमा करिव ६ लाख मानिसहरू बसोबास गर्छन्। जहाँ,लगभग १ देखि २ लाख मानिसहरु शहरमा काम गरिरहेको अनुमान छ ।

हिरोशिमा सरकारले पीसीआर परीक्षण केन्द्रको विस्तार र टेस्ट किटको प्रबन्धसहित भाइरस परीक्षण अभियान कसरी र कहिले गर्ने भन्नेबारे छलफल भइरहेको बताएको छ । यो यथाशीघ्र चाँडो सुरु हुने र मार्च सम्ममा परीक्षण पूरा गर्ने अपेक्षा गरिएको एक सरकारी अधिकारीले बताएका छन् ।

परीक्षणका क्रममा हल्का लक्षणहरू देखा पर्नेहरूका लागि होटलमा कोठाहरू सुरक्षित गर्न पनि तयारी गरिएको छ । ठूलो संख्यामा परीक्षण गर्दा संक्रमित व्यक्तिहरुको संख्या धेरै पुष्टि हुने अनुमान गरिएको छ ।

‘मलाई लाग्छ कि यस स्तरको परीक्षण शायद जापानमा कतै देखिएको छैन,’ हिरोशिमा प्रान्तका एक अधिकारीले भने, ‘कोरोना भाइरसको कुनै एक मात्र लक्षण देखा परेको दुई दिन अघि नै संक्रमण सर्नसक्ने अवस्था बनिसकेको हुन्छ । संक्रमितहरूमध्ये केही व्यक्ति स्वास्थ्यकेन्द्रहरु पुगिराख्नु पर्दैन । हामीहरु ती मानिसहरूलाई फेला पार्न चाहन्छौं र थप संक्रमणलाई रोक्न चाहन्छौं ।’

जापानले जनवरीमा पहिलो सातामा औषत दश हजार व्यक्तिमा ०.४३ प्रतिशत परीक्षण मात्र संचालन गरेको छ । बेलायतमा परीक्षणको यो प्रतिशत ८.४१ तथा अमेरिकामा ३.९३ प्रतिशत रहेको छ ।

जापानको कोरोना भाइरस प्रतिक्रियाका प्रभावकारी मन्त्री यासुतोशी निशिमुराले विहीबार केन्द्र सरकारले हिरोशिमा शहरलाई संक्रमण रोकथाम उपायको रुपमा हेर्ने क्षेत्र भनी सम्बोधन गरेका थिए । जुन आपतकालिन अवस्था अन्तर्गत स्थानीय सरकारले अपनाएको ११ प्रान्तहरुमा आधारित रहेको छ । यद्यपी जापान सरकारले आपतकाल लागू गरेको ११ प्रिफेक्चरमा हिरोशिमालाई समेटेको छैन ।

सरकारी घोषणा अनुरुप आपतकाल लागू नगरिएपनि पश्चिमी जापानी शहर हिरोशिमामा खाने र पिउने प्रतिष्ठानहरूले प्रति दिन ६०,००० येनसम्म आर्थिक सहयोग पाउने भएका छन् । यदि रेष्टुरेण्ट जन्य क्षेत्रले कोरोना संक्रमणलाई नियन्त्रण गर्न मद्दत गर्न सरकारले गरेको व्यवसायिक समय छोट्याउन अनुरोध पालना गरेको छन्।

यो रकम आपतकाल घोषणा गरिएको ११ प्रान्तहरुमा त्यस्ता क्षेत्रहरुलाई प्रदान गरिएको वित्तीय सहयोगको बराबर रकम हो । जसमा टोकियो, ओसाका, आइची लगायत प्रिफेक्चर छन् ।

हिरोशिमा प्रिफेक्चुरल सरकारले पनि भाइरस नियन्त्रणको उपायहरूलाई थप कसिलो बनाएको छ । र, शहरमा मदिरा विक्रि गरिने सबै रेस्टुरेन्टहरू र बारहरूलाई रातमा ८ बजे बन्द गर्न भनेको छ ।