कतारले सुरु गर्यो कोरोना भ्याक्सिनको दोस्रो डोज

दोहा । कतारले बुधबारदेखि कोरोना भाइरसविरुद्धको फाइजर/बायोन्टेक भ्याक्सिनकाे दोस्रो डाेज दिन सुरु गरेको छ। कतारले पहिलो चरणमा २३ दिसम्बर, २०२० मा खोप दिएकाे थियो । खोपको दोस्रो डोज तीन हप्तापछि लगाइँदैछ।
‘२३ डिसेम्बरमा पहिलो डोज लगाइएका व्यक्तिहरुलाई बुधवार दोस्रो चरणको डोज दिइएको छ’, कतारको जनस्वास्थ्य मन्त्रालयले ट्वीट गर्दै भनेको छ।
पहिलो दुई व्यक्तिहरू जसले कोभिड–१९ को पहिलो डोज प्राप्त गरेका थिए, डा.अब्दुल्लाह अल कुबैसी र डा. मोहमद हार्ब फ्राजत् , उनीहरुलाई अल वाज्बा स्वास्थ्य केन्द्रमा खोपको दोस्रो डोज लगाइएको मन्त्रालयले जनाएकोे छ।
जनस्वास्थ्य मन्त्रालयले कोभिड–१९ को सावधानी अपनाउँदै खोपको पहिलो मात्रा लिएका सबै व्यक्तिहरुलाई तोकिएको मितिमा दोस्रो मात्रा लिई नियम पालना गर्न आग्रह गरेको समेत गरेको छ।
ताजा अपडेट

भारतले सुरु गर्यो पाकिस्तानमाथि आक्रमण
