‘भ्वाइस अफ नेपाल’ सिजन ३ मा पनि फेरिए कोच (भिडियोसहित)

‘भ्वाइस अफ नेपाल’ सिजन ३ मा पनि फेरिए कोच (भिडियोसहित)

काठमाडौं । गायन रियालिटी शो ‘भ्वाइस अफ नेपाल’ सिजन ३ मा १ जना कोच परिवर्तन गरिएको छ ।

बुधबार काठमाडौंमा एक कार्यक्रम गर्र्दै भ्वाइसको टिमले गत वर्ष सिजन २ मा कोचको रुपमा रहेकी गायिका आस्था राउतको ठाउँमा नयाँ कोचको रुपमा तृष्णा गुरुङलाई अनुबन्धित गरेको जानकारी दिएको छ । बाँकी ३ जना कोचमा गायक दीप श्रेष्ठ, गायक प्रमोद खरेल र गायक राजु लामालाई निरन्तरता दिइएको छ ।

हरेक वर्ष महिला कोच फेरिदैँ आएपछि पत्रकार सम्मेलनमा पत्रकारले जिज्ञासा राखेका थिए । जसको उत्तर दिँदै ‘भ्वाइस अफ नेपालका निर्देशक लक्षण पौडेलले हरेक वर्ष महिला कोच फेरिनु संयोग मात्रै भएको बताएका छन् । कोच फेरिनुको कारण कार्यक्रममा कोचले समय दिन नसक्नु भएको निर्देशक पौडेलको भनाइ थियो।

यसअघि सिजन २ मा पनि सिजन १ की महिला कोच अभया सुब्बाको ठाउँमा आस्था राउतलाई राखिएको थियो । तर, हरेक वर्ष कोच परिवर्तन गर्नु कार्यक्रमको नियम भने होइन । करिब डेढ महिनामा कार्यक्रमको सिजन ३ हिमालयन टेलिभिजन एचडीमार्फत प्रसारण हुने तयारीमा रहेको छ । अहिले कार्यक्रमको डिजिटल अडिसन चलिरहेको छ।

भिडियो