नेपाली विद्यार्थीका लागि अष्ट्रेलिया सहज हुनसक्ने

नेपाली विद्यार्थीका लागि अष्ट्रेलिया सहज हुनसक्ने

सिड्नी । आगामी जुलाईदेखि शुरु हुने शैक्षिक सत्रको अध्ययनका लागि तम्तयार भएर बसेका नेपाली विद्यार्थीका लागि अष्ट्रेलिया प्रवेश सहज होला ? यसै भन्न सकिन्न ।

अष्ट्रेलिया अध्ययन गर्ने नेपाली यहाँको सरकारका लागि महत्वपूर्ण मानिन्छन । यहाँ अध्ययन गर्ने विदेशी विद्यार्थीको संख्याको हिसाबले विगत ५ वर्षदेखि नेपाल उच्च दशमा पर्दै आएका छन् । पछिल्लो तीन वर्षदेखि नेपाली विद्यार्थी उच्च तीनमा पर्दै आएका छन् । शैक्षिक र सामाजिक रुपमा पनि नेपालीलाई यहाँको सरकार र समाजले सकारात्मक रुपमा लिर्दै आएको छ।

अष्ट्रेलियन सरकारका लागि विदेशी विद्यार्थीलाई अध्ययन गराउनुको पछाडि ठुलो आर्थिक आम्दानी प्रमुख कारण हो । अष्ट्रेलियन सरकारले विदेशी विद्यार्थीलाई कोभिडकै जोखिमका कारण स्वदेश भित्रयाउन कडाइ गर्ने हो भने उसको ठुलो आम्दानी गुम्ने छ । विदेशी विद्यार्थीका लागि अमेरिका,क्यानाडा र बेलायत प्रमुख शैक्षिक गन्तब्य बन्न सक्नेबारे अस्ट्रेलियन सरकार जानकार छ।

अष्ट्रेलियाका विश्वविद्यालयको ठूलो आम्दानी विदेशी विद्यार्थी भएकोले आफ्नो सरकारमाथि आगमन खुकुलो पार्न उनीहरुको पनि दबाब हुन सक्छ । अष्ट्रेलियाले मार्चदेखि खोप शुरु गर्ने घोषणा गरिसकेकाले क्रमिक रुपमा विदेशी विद्यार्थी भित्र्याउन अष्ट्रेलियन सरकार सकारात्मक देखिन्छ । उसले हुलका हुल विदेशी विद्यार्थी नभित्र्याए पनि क्रमिक रुपमा आगमन भिसा सहज पार्दै जानसक्छ । यसको लाभ नेपाली विद्यार्थीले पनि उठाउन सक्छ । तर यसको अर्थ अष्ट्रेलियाले नेपाली लगायत विदेशी विद्यार्थीलाई भिसा दिने आफ्नो न्यूनतम मापदण्डमा कुनै फेरबदल नगर्न सक्छ ।