नक्कली पीसीआर रिपोर्ट बोकेर विदेश उड्न लागेका ७ जना विमानस्थलबाट पक्राउ

काठमाडौं । नक्कली पीसीआर रिपोर्ट बोकेर विदेश जान लागेका ७ जना त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन्।
फ्लाई दुबईको जहाजबाट यूएई जान लागेका उनीहरूलाई प्रहरीले विमानस्थलबाट शनिबार साँझ पक्राउ गरेको हो।
पक्राउ पर्नेहरुमा सल्यान खैरागर घर भएका २६ वर्षीय दिनेश सिंहलगायत ७ जना रहेको प्रहरीले जनाएको छ। यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।