इराकमा पुलबाट हाम फाल्ने ती महिला को थिइन ? जसलाई नेपाली भनेर भाइरल बनाइयो

इराकमा पुलबाट हाम फाल्ने ती महिला को थिइन ? जसलाई नेपाली भनेर भाइरल बनाइयो

कुर्दिस्तान । इराकको कुर्दिस्तानस्थित सुलेमानी नयाँ वर्षको आफ्नै मुडमा थियो । नयाँ बर्ष २०२१ को स्वागत गर्न सुलेमानी शहर आफ्नै सुरमा थियो । तर, यसैदिन बेलुका ७ बजे एउटा नमिठो खबर भाइरल भयो । खबर नेपाली समुदायसँग सम्बन्धित थियो । सुलेमानिको स्थानीय टेलिभिजनमा नेपाली महिलाले पुलबाट फाल हालेको समाचार प्रसारित भयो । सुलेमानिमा रहेका नेपाली समुदाय यो समाचार सुनेर हतप्रभ हुनु स्वभाविक थियो।

समाचार प्रसारण भएको अर्को दिन स्थानीय नेपाली समुदाय नेपाली भनिएकी ती महिलालाई भेट्न चौतर्फी दौडधुप गरे । अथक प्रयत्नपछि पुलबाट फाल हालेकी भनिएकी ती महिला स्थानीय अस्पतालमा भर्ना भएको भेटिइन । तर यथार्थ फरक थियो । नेपाली भनिएकी ती महिला इरानी रहेको खुलासा भयो।

नेपाली समुदायलाई समस्या पर्दा सधैं सहयोग गर्दै आएको स्थानीय सामाजिक संस्था एफ डब्लुसीडीओका संस्थापक हामा महम्मद हाजारको सक्रियतामा उक्त तथ्य खुलेको हो । हाजारकै सहयोग लिएर स्थानीय नेपाली समुदायले समाचार प्रसारण भएको के २४ न्युज च्यानलमार्फत उक्त महिला नेपाली नभएर इरानी रहेको भन्दै समाचार सच्याइएको थियो।