नितम्ब ‘सेक्सी’ बनाउन २ सय पटक शल्यक्रिया

नितम्ब ‘सेक्सी’ बनाउन २ सय पटक शल्यक्रिया

आकर्षक देखिनका लागि महिलाहरु के सम्म गर्दैनन् ? जिम, योगा, डाइटिंग तथा प्लास्टिक सर्जरी । तर कतिपयमा सुन्दर देखिने नशा यति धेरै हुन्छ कि उनीहरुलाई प्लास्टिक सर्जरी गराउने लत नै लागेको हुन्छ । यस्तै एउटा नाम हो, स्टार डेलगुडाइस । बेलायतको लिचफिल्डमा जन्मिएकी २८ वर्षकी डेलगुडाइसले अहिलेसम्म लाखौँ पाउण्ड रकम प्लास्टिक सर्जरीमा खर्च गरिसकेकी छन् ।

उनले पहिलो पटक १७ वर्षकी छँदा प्लास्टिक सर्जरी गराएकी थिइन् र अहिलेसम्म जिउका विभिन्न अङ्गको गरी २ सयपटक प्लास्टिक सर्जरी गराइसकेकी छन् । केही समयअघि टेलिभिजनमा दिएको एक अन्तरवार्ताका क्रममा उनी पूरै समय उभिइन् । यसरी उभिनु उनको बाध्यता थियो । हालै उनले आफ्नो नितम्ब प्रत्यारोपण गराएकी छन् । जसका कारण उनको नितम्ब ठूलो भएको छ र बस्न पनि मुस्किल पर्दछ ।

आफ्नो प्लास्टिक सर्जरीको लतको मुख्य कारक उनी आफ्ना बाउआमालाई मान्छिन् । बाबुआमाले नै लगातार दबाव दिइरहेकाले आफूले पटक–पटक सर्जरी गराएको उनको भनाइ छ । बाबु–आमाले आफूलाई कुरुप भन्ने गरेको र सुन्दर बन्नका लागि प्लास्टिक सर्जरी गर्न दबाव दिएको उनले बताइन् । हालसम्म २ सय पटक प्लास्टिक सर्जरी गर्दा झण्डै २ लाख ३० हजार पाउण्ड खर्च भएको छ ।

उनले ५ पटक ओठको, ४ पटक नाकको सर्जरी गराएकी छन् । त्यस्तै नाक, बंगरा, वक्षस्थल आदि धेरै अङ्गको सर्जरी गराएकी छन् । हुँदा–हुँदा उनले ३ पटक आफ्नो योनीको सर्जरी पनि गराइन्

हालै उनले ७ घण्टाको शल्यक्रिया गरी आफ्नो नितम्ब प्रत्यारोपण गराइन् । उनी आफूलाई राम्रो बनाउन उनी जेसुकै गर्न तयार छिन् । एजेन्सी