साथीको अश्लील भिडियो पोर्न साइटमा राखेर बार्गेनिङ गर्ने पक्राउ

काठमाडाैं । महिला साथीको अश्लील भिडियो पोर्न साइटमा राख्ने तथा नग्न तस्बिर सार्वजनिक गर्ने एक जना पक्राउ परेका छन् ।

मकवानपु्की महिला साथीको अश्लील भिडियाे बनाएर विभिन्न साइटमा राखेको तथा नग्न तस्बिर सामाजिक सञ्जालमा राखेको आरोपमा हेटौँडाको पारिजात पथका अस्लम अन्सारी पक्राउ परेका हुन् । महिला थाइल्याण्डमा बसाेबास गरिरहेकी छिन् ।

अन्सारीले पोर्न साइट र सामाजिक सञ्जालमा राखेका भिडयाे र नग्न तस्बिर हटाउन पीडित महिलासँग एक हजार ९८ डलरसमेत माग गरेको नेपाल प्रहरीको साइबर ब्युरोले जनाएको छ ।

पक्राउ परेका अस्लम अन्सारीलाई विद्युतीय कारोबार ऐन २०६३ अनुसार मुद्दा चलाइनेछ ।