ओमनको अन्तर्राष्ट्रिय उडान एक साताका लागि बन्द

ओमनको अन्तर्राष्ट्रिय उडान एक साताका लागि बन्द

काठमाडाैं । बेलायतमा कोरोना भाइरसको नयाँ स्वरुप देखिनथालेपछि ओमानले एक साताका लागि अन्तर्राष्ट्रिय उडान बन्द गरेको छ ।

कोरोना महामारी अनुगमन गरिरहेको ओमानको सर्वोच्च कमिटीले कोरोना महामारी नियन्त्रण तथा रोकथामका लागि २२ डिसेम्बर २०२० देखि लागु हुने गरी २९ डिसेम्बर २०२० सम्म अन्तर्राष्ट्रिय उडान बन्द हुने ओमानस्थित नेपाली दुतावासले जानकारी दिएको छ ।

ओमानले त्यसपछि उडान सुचारु गर्ने की नगर्ने भन्ने विषयमा भाइरस फैलावटको अवस्था हेरेर निर्णय लिइने बताइएको छ । यो समयमा ओमानबाट नेपाल तथा नेपालबाट ओमानको यात्राका क्रममा रहेका सबैलाई त्यहि अनुसार व्यबस्थापन गर्न आग्रह गरेको छ ।