बेलायतमा नयाँ प्रकारको कोरोना दक्षिण अफ्रिकाबाट फैलिएको आशंका

बेलायतमा नयाँ प्रकारको कोरोना दक्षिण अफ्रिकाबाट फैलिएको आशंका

बेलायत । बेलायतमा पछिल्लो समय देखा परेको कोरोना भाइरसको नयाँ प्रकार दक्षिण अफ्रिकाबाट फैलिएको आशंका गरिएको छ ।

बेलायतका स्वास्थ्यमन्त्री मैट हैनकाकले दक्षिण अफ्रिकाबाट बेलायत फर्किएका २ जनामा सुरुमा यो भाइरसको लक्षण देखिएको दाबी गरेका हुन् ।

कोरोना भाइरसको खोप लगाइरहेको यस्तो अवस्थामा कोरोनाको नयाँ संक्रमण तीव्र रुपमा फैलिएपछि बेलायतकले आफ्ना नागरिकका लागि दक्षिण अफ्रिका जान रोक लागएको छ भने अन्य अन्तराष्ट्रिय उडानमा पनि रोक लागाइएको छ ।

कोरोना संक्रमण तीव्र भएपछि पुनः युरोपियन मुलुकहरुमा प्रतिबन्ध लगाइएको छ ।