नायक टम क्रुजलाई अन्तरिक्षमा सुटिङ गर्ने इच्छा

नायक टम क्रुजलाई अन्तरिक्षमा सुटिङ गर्ने इच्छा

हलिउड को एक्सन सिनेमाका पर्यायवाची नायक टम क्रुजलाई अन्तरिक्षमा आफ्नो सिनेमाको सुटिङ गर्ने इच्छा भएको बताएका छन्।

डेडलाइन डट कमका अनुसार अन्तरिक्षमा सिनेमाको सुटिङको लागि नायक क्रुज, नेसनल एरोनोटिक्स एण्ड स्पेस एड्मिस्ट्रेसन ९नासा० र मस्क नामको एउटा निजी अन्तरिक्ष कम्पनीबीच छलफल भइरहेको बताइएको छ।

सम्पूर्ण सुटिङ अन्तरिक्षमा हुने यो सिनेमा पूर्णरुपमा एक्सन सिनेमा हुनेछ।

कहालीलाग्दो एक्सन दृश्ययुक्त सिनेमाका नायक यस्ता दृश्य आफैँ गर्छन्।

उनी भन्छन, ‘बडी डबल (डुप्लिकेट)लाई एक्सन गर्न लगाउनु दर्शकलाई धोका दिनु हो, दर्शक मेरा लागि भगवान हुन्, म भगवानलाई कसरी धोका दिन सक्छु?’

३ जुलाई १९६२ मा न्युयोर्कमा जन्मेका नायक क्रुजले अभिनय गरेका केही सिनेमाहरुमा टप गन, मिसन इम्पसिबल सिरिज, रिस्की बिजनेस, द मम्मी, माइनरिटि रिपोर्ट, नाइट एण्ड डे आदि छन्।