विमानस्थल प्रयोग गर्दा मुलुक र मित्रराष्ट्रलाई असर पर्‍यो भने ठूलो मूल्य चुकाउनुपर्छ : गृहमन्त्री खाँड

विमानस्थल प्रयोग गर्दा मुलुक र मित्रराष्ट्रलाई असर पर्‍यो भने ठूलो मूल्य चुकाउनुपर्छ : गृहमन्त्री खाँड

काठमाडौं। गृहमन्त्री बालकृष्ण खाँडले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुव्यवस्थित बनाउन सके मुलुकको प्रतिष्ठा बढ्ने बताएका छन्।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विभिन्न निकायको समन्वयात्मक परिचालन र व्यवस्थापनबारे सरोकारवाला निकायबीच आज भएको छलफलमा उनले नेपालको विमानस्थल प्रयोग गर्दा कुनै पनि मुलुक र मित्रराष्ट्रलाई असर पर्ने काम भए त्यसबाट ठूलो मूल्य चुकाउनुपर्ने बताए।

उक्त बैठक गृहमन्त्री खाँडकै अध्यक्षतामा बसेको थियो। नेपाललाई सुरक्षित मुलुकका रूपमा परिचित बनाउन विमानस्थललाई व्यवस्थित बनाउनुपर्नेमा उनको जोड थियो। मुलुकको एउटा मात्र अन्तर्राष्ट्रिय विमानस्थललाई प्रविधियुक्त बनाउन सरकार लागिपरेको उन जानकारी दिए।

बैठकमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ, परराष्ट्रसचिव भरतराज पौड्याल, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव महेश्वर न्यौपाने र गृहसचिव टेकनारायण पाण्डे सहभागी थिए। रासस