‘भिजिट भिसा’मा खाडी मुलुक र मलेसिया जान रोक

काठमाडौं। सरकारले भिजिट भिसामा खाडी मुलुक र मलेसिया जान रोक लगाएको छ।
गृह मन्त्रालयले एक विज्ञप्ती जारी गर्दै माघ १० गतेदेखि लागू हुनेगरी भिटिज भिसामा खाडी मुलुक र मलेसिया जान रोक लगाइएको जनाएको छ।
बढ्दो कोरोना संक्रमणका कारण खाडी मुलुक र मलेसिया गई विचल्लीमा पर्ने नेपालीको संख्या बढेको भन्दै मन्त्रालयले भिटिज भिसामा भ्रमणमा जान रोक लगाएको गृह प्रवक्ता फडिन्द्रमणि पोखरेलले जनाएका छन्।
No ads found for this position
ताजा अपडेट

प्रवास खबर