अमेरिकामा ‘आइसोलेशन’ को अवधि ५ दिन

अमेरिकामा ‘आइसोलेशन’ को अवधि ५ दिन

काठमाडौं । अमेरिकामा लक्षण नदेखिएका कोभिड-१९ का संक्रमितले आइसोलेशनमा बस्नुपर्ने अवधिलाई १० दिनबाट घटाएर ५ दिन कायम गरिएको छ ।

अमेरिकाको रोग नियन्त्रण केन्द्र (सीडीसी)ले लक्षण नदेखिएका कोभिड संक्रमितले आइसोलेशनमा बस्नुपर्ने अवधि १० दिनबाट घटाएर पाँच दिनमा झारेको हो । केन्द्रले आइसोलेशनमा बसेपछि थप पाँच मास्क लगाउन समेत सुझाव दिएको छ ।

निरन्तर कोभिड संक्रमण बढेको र अमेरिकाभर यात्रा अस्तव्यस्त भइरहेको बेला सीडीसीको पछिल्लो सुझाव आएको थियो । पछिल्लो २ दिनमा दैनिक संख्या २ लाखभन्दा बढी संक्रमण पुष्टि भएका छन् ।