कुवेतमा श्रम कानून उल्लंघन गर्ने आप्रवासी श्रमिकको खोजी कार्य तीव्र

कुवेतमा श्रम कानून उल्लंघन गर्ने आप्रवासी श्रमिकको खोजी कार्य तीव्र

कुवेत सिटी। कुवेतमा श्रम कानूनको उल्लंघन गर्ने आप्रवासी श्रमिकको खोजी तीव्र गतिमा हुन थालेको छ।

कुवेतस्थित जनशक्तिका लागि सार्वजनिक प्राधिकरणले अनुगमन गर्ने जिम्मेवारी दिएका समितिलाई श्रम बजार नियमनको कार्यलाई पुनः सुचारु गर्न भनेको छ। प्राधिकरणले ती अनुगमन समितिलाई आवासीय (रेसिडेन्सी) कानूनको उल्लंघन गर्ने श्रमिकको पहिचान गर्न निर्देशन दिएको छ।

त्यसैगरी एउटा रोजगारदातालाई प्रायोजक भनी आवास दर्ता गर्ने र अर्को रोजगारदातासँग काम गर्ने आप्रवासी श्रमिकलाई पनि सो कानूनअन्तर्गत नियमन गर्न निर्देशन दिइएको छ।

दुई महिनाको अन्तरालमा ‘डिपोटेसन सेल’ मा भिडभाड बढेसँगै गृह मन्त्रालयको निर्णयपछि अनुगमन समितिले आफ्नो अनुगमन कार्यलाई तीव्रता दिएको हो। विशेषगरी जलीब अल– शुयुख र शुवाइख जस्ता श्रमिकको बढी भेला हुने स्थानसहित देशभर अनुगमन कार्यलाई तीव्रता दिन भनिएको छ।

प्राधिकरण स्रोतले बताएअनुसार २०१० को निजी क्षेत्र श्रम कानूनको ६ अनुक्षेदको धारा १३६ अन्तर्गत रहेर कानूनको उल्लंघनकर्तालाई अनुगमन र नियन्त्रण गर्ने उद्देश्यले यो अभियान सञ्चालन गरेको बताएको छ।

सो सन्दर्भमा विगत दुई महिनामा निजी तथा घरेलु प्रायोजक (स्पोन्सर) दुवैबाट भागेका सयौं प्रवासी श्रमिकलाई देश निकाला गरिएको पृष्ठभूमिमा यो अभियान सञ्चालन गरिएको स्रोतले बताएको छ। एजेन्सी



No ads found for this position