टर्कीका राष्ट्रपतिद्धारा १० पश्चिमा राजदूतको कदम उचित नभएको अभिव्यक्ति

टर्कीका राष्ट्रपतिद्धारा १० पश्चिमा राजदूतको कदम उचित नभएको अभिव्यक्ति

टर्की। टर्कीका राष्ट्रपति तैयब इर्दोगानले १० पश्चिमा राजदूतले हालै सार्वजनिक गरेको संयुक्त विज्ञप्तीले आफ्नो देशको निजी कुरामा हस्तक्षेप गरेको भन्दै त्यो आफूहरूलाई स्विकार्न नहुने स्पष्ट पारेका छन्।

पश्चिमा देशका १० राजदूतले हालै संयुक्त विज्ञप्ती सार्वजनिक गर्दै ओस्मान काभालाको रिहाईको माग गरेका थिए।

काभाला सन् २०१७ देखि जेलमा बन्द छन्। उनीमाथि सन् २०१३ मा राष्ट्रियव्यापी आन्दोलन गर्न ‘फण्डिङ’ गरेको आरोप छ। सन् २०१६ मा पनि असफल बिद्रोहमा संलग्न भएको आरोप लागेको थियो। तर, काभालाले यसको खण्डन गर्दै आइरहेका थिए।

१८ अक्टोबरमा जारी संयुक्त विज्ञप्तीमा हस्ताक्षर गर्नेमा क्यानडा, डेनमार्क, फ्रान्स, जर्मनी, दि नेदरल्याण्ड्स, नर्वे, स्विडेन, फिनल्याण्ड, न्युजिल्याड र अमेरिकाका राजदूत थिए। उनीहरूलाई विदेश मन्त्रालयको तर्फबाट चिट्ठी गइसकेको बताइएको छ।

‘मैले उनीहरूविरूद्ध उचित कदम उठाउन विदेश मन्त्रीलाई भनिसकेको छु,’ राष्ट्रपति इर्दोगानले एक सभामा भने।



No ads found for this position