अमेरिकामा नेपालीको गोली हानी हत्या, हत्याराको स्केच जारी

न्युयोर्क- अमेरिकाको मासाच्युसेट्स राज्यको एउटा सपिङ सेन्टरमा अज्ञात व्यक्तिले हानेको गोली लाग्दा नेपाली मूलका एक व्यक्ति ५४ वर्षीय लालकिशोर महासेठको निधन भएको छ।
उनलाई के कारण गोली हानिएको हो, त्यो खुल्न सकेको छैन। तर, प्रहरीले गोली हान्ने व्यक्तिको स्केज सार्वजनिक गरेको छ। जसमा अपराधीको हातमा ट्याटु खोपेको, गाडा रंगको कपडा लगाएको र मास्कले अनुहार ढाकेको देखिएको छ।
अमेरिकास्थित मधेशी संघले दिएको जानकारी अनुसार मृतक महासेठको परिवार फल रिभरमा बस्दै आइरहेको छ। महासेठ धनुषा निवासी हुन् भने उनीी पसलमा खानेकुरा किन्न गएको बेला काउन्टर पछाडिबाट उनको छातीमा गोली हानिएको थियो।
महासेठ सोही स्टोरमा क्लर्क पेशामा कार्यरत रहेको पनि संघले जानकारी दिएको छ। उनलाई नजिकैको अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको जनाइएको छ।
ताजा अपडेट
