विचार मिल्ने साथीहरू मेरो टिममा : डा. बद्री केसी

विचार मिल्ने साथीहरू मेरो टिममा : डा. बद्री केसी

काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए) लाई मर्यादित र राजनीतिक प्रभावमुक्त राख्ने आफ्नो अभियानलाई सार्थक बनाउन विचार मिल्ने साथीहरूको टिमलाई अगाडि सार्ने अध्यक्षका प्रत्यासी डा. बद्री केसीले बताएका छन्।

देश र विदेशमा बसेर काम गरिरहेका पत्रकारहरूसँग शनिबार भर्चुअल बैठक गर्ने क्रममा डा. केसीले आफू एनआरएनएको मूल उद्देश्यबाट बिचलित नहुने बताए।

एनआरएनएका वर्तमान उपाध्यक्ष रहेका डा. केसीले आफूहरू संस्थामा जोडिँदा राजनीतिक पार्टीका नेतासमक्ष यसको गरिमा कायम राखिदिन आग्रह गर्ने गरेको तर पछिल्लो समय एनआरएनएका केही पदाधिकारी नै राजनीतिक हस्तक्षेप निम्त्याउन उद्धत रहेको आरोप लगाए।

उनले एनआरएनएलाई बौद्धिक नेतृत्वसँग जोड्न खोजेको र विगतमा कार्यन्वयन हुन नसकेको विषयलाई थप प्रभावकारी ढंगले उठाने अभियानमा रहेको बताए।

‘पहिले हामी राजनीतिक पार्टीका नेतासँग भेट्न जाँदा गैरआवासीय नेपालीको मुद्धा बोकेर जान्थ्यौं र उहाँहरूलाई यो संस्था राजनीतिक मुक्त राख्न आग्रह गथ्र्यो। तर, अहिले केही कमजोर मानसिकता भएका साथीहरू नै राजनीतिक हस्तक्षेंप निम्त्याउन उद्दत हुनुहुन्छ,’ भर्चुअल बैठकमा डा. केसीले स्पष्ट पारे।

उनले एनआरएनएलाई प्रवासमा बसेका नेपालीको साझा चौतारी बनाउने आफ्नो अभियान रहेको बताए। यसका लागि आफूले राजनीतिक आस्थामा आधारित व्यक्तिलाई आफ्नो टिममा समावेश गरेपनि संस्थामा यसको बाछिटा पर्न नदिने बताए।

‘सबै मानिसमा राजनीतिक आस्था हुन्छ। यसलाई अन्यथा मान्नु हुँदैन। तर, संस्थामा आउन राजनीतिक शरण लिनु राम्रो होइन,’ उनले भने, ‘दुई–चार दिनमा अध्यक्षको औपचारिक उम्मेदवारीको घोषणा गर्नेछु। मेरो टिममा विभिन्न विचार राख्ने व्यक्ति समावेश हुनेछन्।’



No ads found for this position