यूएईले सोमबारदेखि ‘टुरिष्ट भिसा’ जारी गर्दै

दुबई।संयुक्त अरब इमिरेट्स (यूएई) प्रवेशका लागि नेपालीले सोमबारदेखि पुनः पर्यटक भिसा प्राप्त गर्ने निश्चित भएको छ।
यूएई सरकारले ३० अगस्टदेखि लागू हुने गरी नेपाललगायत अन्य राष्ट्रका लागि पनि पर्यटन भिसा खुला गरेको जनाएको छ। कोभिड–१९ संक्रमणका कारण यूएईले यसअघि पर्यटकका लागि यात्रा प्रतिबन्ध लगाएको थियो।
नयाँ घोषणाअनुसार भिसा पाउने पर्यटकले विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) बाट स्वीकृत कोभिड–१९ विरुद्धको खोप अनिवार्य लगाएको हुनु पर्नेछ। यात्रीले यूएई प्रवेश गरेसँगै विमानस्थलमा अनिवार्य रेपिड पीसीआर परीक्षण गर्नुपर्ने प्रावधान पनि छ।
खोप नलगाएका यात्रीको सन्दर्भमा तथा आपतकालीन क्षेत्रका व्यक्तिको सन्दर्भमा भने पूर्ववत् नियम यथावत् हुने बताइएको छ।
No ads found for this position
ताजा अपडेट

प्रवास खबर