एनआरएनएमा व्याप्त सिन्डिकेट तोड्न सचिव पदमा मेरो उम्मेदवारीः शंकर खड्का

एनआरएनएमा व्याप्त सिन्डिकेट तोड्न सचिव पदमा मेरो उम्मेदवारीः शंकर खड्का

क्यालिफोर्निया। विगत १२ वर्षदेखि अमेरिकामा बसोबास गर्दै आइरहेका शंकर खड्काले गैरआवासीय नेपाली संघ (एनआरएनए) को आसन्न निर्वाचनमा सचिव पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्।

सन् २००९ मा अमेरिका प्रवेश गरेका खड्काको नेपालमा घर रामेछाप हो। उनी अमेरिका पुगेपछि गैरआवासीय नेपालीको अभियानमा समावेश भएका हुन्। उनले २०१५ मा एनसीसी अमेरिकाको सचिव पदमा रहेर काम गरिसकेका छन्। २०१७ मा आइसीसीले दिएको विभिन्न जिम्मेवारी उनले सफलतापूर्वक पुरा गरेका थिए। हाल उनी आइसीसी सदस्य हुन्।

एनआरएनएको अबको नेतृत्व युवा पुस्तामा जानुपर्छ भन्ने मान्यता राख्ने खड्का गैरआवासीय अभियानलाई थप प्रभावकारी पार्न आफूले सचिव पदमा उम्मेदवारी दिएको बताउँछन्। हाल सपरिवार अमेरिकाको क्यालिफोर्नियामा बसोबास गर्दै आएका खड्काले एनआरएनएमा रहेको सिण्डिकेट शैली तोड्न पनि आफूले उम्मेदवारी दिएको उनको भनाइ छ।

‘विगतमा पनि मैले गलत प्रवृत्तिको विरोध र खबरदारी गर्दै आएको हुँ। एनआरएनए केही व्यक्ति विशेषको मात्र होइन। हुनु पनि हुँदैन। यहाँको सिन्डिकेट शैली तोड्नु पर्छ,’ उनी भन्छन्।