क्वारेन्टिन नियम पालना नगरे भिसा रद्द गरि स्वदेश पठाइदिने जापानकाे चेतावनी

प्रवेशका लागि पीसीआर रिपोर्ट अनिवार्य नेगेटिभ

क्वारेन्टिन नियम पालना नगरे भिसा रद्द गरि स्वदेश पठाइदिने जापानकाे चेतावनी

टोकियो । जापान प्रवेश गर्न कोरोना भाइरस संक्रमण परीक्षण अनिवार्य गरिएको छ । यहाँकाे सरकारले हालै जारी गरेको नयाँ प्रावधान अनुसार जापान प्रवेश गर्ने हरेक व्यक्तिका लागि ७२ घण्टा भित्रको पीसीआर परीक्षणको रिपोर्ट अनिवार्य नेगेटिभ भएको हुनुपर्नेछ।

टोकियोस्थित नेपाली दूतावासका अनु्सार यसरी जापान प्रवेश गरेका व्यक्तिहरुले १४ दिनसम्म सार्वजनिक यातायात प्रयोग गर्न पाउने छैनन्। १४ दिनसम्म होम क्वारेन्टिन वा अन्य तोकिएका स्थानहरुमा क्वारेन्टिनमा बस्नु पर्ने हुन्छ । त्यस्तै स्वास्थ्य केन्द्र वा अन्य सम्बन्धित संस्थाहरुलाई आवश्यकता अनुसार लोकेशन डेटा पनि उपलब्ध गराउनुपर्दछ।

तोकिएको नियम कानूनको उलङ्घन गरेमा  उलङ्घनकर्ताको नाम, राष्ट्रियता र अन्य विवरणहरु सार्वजनिक गरिनेछ । त्यस्तै नियमकाे पालना नगर्ने व्यक्तिको  भिसा (आवास अनुमति रद्द) गरी स्वदेश फिर्ता समेत पठाइदिने जापान सरकारले चेतावनी दिएकाे छ ।

दूतावासले जापान प्रवेश गर्ने नेपालीलाई सरकारले निर्देशन गरेका नियमहरु पालना गर्न अनुरोध गरेको छ।



No ads found for this position