अफगानिस्तानका नेपाली ल्याउन नेपाल एयरलाइन्स काबुल जाने

काठमाडौं । अफगानिस्तानमा रहेका नेपालीहरुको उद्दारका लागि नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को जहाज काबुल जाने तय भएको छ।
अफगानिस्तानको अतिवादी समूह तालिबानले देशका मुख्यमुख्य सहर कब्जा गरेपछि सबै देशले आफ्ना नागरिकहरु फिर्ता लैजान थालेका छन्।
चौतर्फी रुपमा नेपालीहरुको उद्दारको माग भएसँगै त्यहाँ रहेका नेपालीहरुको उद्दारका लागि नेपाल वायुसेवा निगमको जहाज काबुल जान लागेको हो।
आगामी भदौ ११ गते उडानमार्फत निगमको न्यारोबडीको जहाज काबुल जान लागेको हो।
‘उडान सुरक्षाको प्रत्याभूति सहित परराष्ट्रमन्त्रालयबाट अनुमति पाए अफगानिस्तान चार्टर उडान भर्न निगम तयार छ’ निगमले भनेको छ।
यदि निगमले चार्टर उडानका लागि अनुमति पाए आगामी अगस्ट २७ मा अफगानिस्तानको काबुल पुगेर सो क्षेत्रमा रहेका करिब एक सय जना नेपालीलाई स्वदेश फर्काइने बताएको छ।