एनआरएनए केन्द्रीय अध्यक्षमा रविना थापाको उम्मेदवारी
काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को नेतृत्वमा उपाध्यक्ष रविना थापाले उम्मेदवारी दिने भएकी छिन्।
थापाले संघको आगामी कार्यकाल २०२१–०२३ को लागि अध्यक्ष पदमा उम्मेदवारी दिन लागेकी हुन्।
थापाले आगामी नेतृत्वका लागि आफू स्वभाविक उम्मेदार भएको बताइन् । उनले प्रवास खबरसँग भनिन्,‘अध्यक्षको स्वभाविक दावेदार हुँ। उपाध्यक्षपछि जाने ठाउँ भनेकै अध्यक्षमा हो।’
थापा अमेरिका निवासी हुन्। थापाको संघमा लामो अनुभव छ। यसअघि उनले एनसीसी अमेरिकाकाे उपाध्यक्ष भएर समेत काम गरेकी थिइन्। यसबाहेक उनी विभिन्न सामाजिक संघ–संस्थामा सल्हाकारको भूमिका छिन्।
संघको दशौं सम्मेलन तथा नयाँ नेतृत्वका लागि निर्वाचन आगामी अक्टोबरमा हुँदैछ।
ताजा अपडेट
प्रवास खबर
संसदीय समितिमा बालेन शाहको चर्चा
प्रवास खबर
काठमाडौँको वायु अस्वस्थ
प्रवास खबर
जापानकी विदेशमन्त्री काठमाडौंमा
प्रवास खबर