कुवेतमा ६ महिनाकाे अवधिमा ६२ हजारभन्दा बढी श्रमिककाे ‘वोर्क परमिट’ रद्द

कुवेतमा ६ महिनाकाे अवधिमा ६२ हजारभन्दा बढी श्रमिककाे ‘वोर्क परमिट’ रद्द

कुवेत सिटी । कुवेतमा पछिल्लो समयमा विदेशी श्रमिकहरूको ‘वोर्क भिसा’ रद्द गर्ने क्रम बढ्दो क्रममा रहेको पाइएको छ।

कुवेतको पब्लिक अथोरिटी फर म्यानपावरले हालै सार्वजनिक गरेको आधिकारिक तथ्यांक अनुसार २०२१ को सुरुवात यताका ६ महिनामा ६२ हजार भन्दा बढी श्रमिकको वोर्क भिसा क्यान्सिल ९रद्द० गरिएको पाइएको छ।

प्राधिकरणले १० जनवरीदेखि जुन महिनाको अन्त्यसम्म आइपुग्दा ६२ हजार ३ सय ९८ प्रवासी श्रमिकहरुको भिसा रद्द भएको बताएको हो।

रद्द गरिएका ती भिसाहरुमध्ये २ हजार ११ जनाले राम्रो अवसरको लागि छोडेको पाइएको छ। त्यस्तै १ हजार ९ सय ८७ जनाको मृत्युको कारणले भिसा रद्ध गरिएको पाइएको छ ।

त्यस्तै पारिवारिक आवास अनुकूल मिलाउने १ हजार ४ सय ११, कुवेत बाहिर फसेका ३८ हजार ८ सय ७३, र आफ्नो काममा अनुपस्थित भइ भिसा रद्द हुने श्रमिकहरुको संख्या १ सय १६ रहेको छ।

त्यसैगरी,३ सय ३४ आप्रवासी श्रमिकको भिसा सरकारी निकायतर्फ स्थानान्तरण गरिएको र १ सय ७८ जनाको भिसा घरेलु श्रमिकको रुपमा परिवर्तन भएको बताइएको छ।

त्यसैगरी, ५ हजार ७ सय ५९ घरेलु श्रमिकका रुपमा रहेका प्रवासीको भिसा वोर्क भिसामा परिवर्तन गरिएको छ भने सरकारी निकायबाट ७ सय ८९ श्रमिकहरूको सरुवा भएको बताइएको छ।

त्यस्तै, १ सय ११ आप्रवासीले आफ्नो ‘वोर्क परमिट’लाई साझेदारको रुपमा परिणत गरेका छन् भने ६४ श्रमीकले आफ्नो वोर्क भिसालाई साझेदारको रुपमा नवीकरण गरेको बताइएको छ।