इराकको कोभिड अस्पतालमा आगलागी, ९२ जना मारिएको पुष्टी

इराकको कोभिड अस्पतालमा आगलागी, ९२ जना मारिएको पुष्टी

बगदाद। इराकको दक्षिणी शहर नसिरियाको अल–हुसेन कोभिड अस्पतालमा गत सोमबार भएको आगलागीमा २ स्वास्थ्यकर्मीसमेत ९२ जनाको निधन भएको रिपोर्ट सार्वजनिक भएको छ।

यो घटनामा सयभन्दा बढी मानिस घाइते भएका थिए। रिपोर्टमा छानवीनका क्रममा एउटा अक्सिजन ट्याक बिस्फोट हुँदा आगो लागेको बताइएको छ।

घटना ज्यान गुमाएका व्यक्तिलाई इराकको नजफमा गाडिएको छ भने प्रधानमन्त्री मतफा अल–कदिमीले मन्त्रिमण्डलको बैठक गरेर सुरक्षा व्यवस्था कडा बनाउन निर्देशन दिएका थिए।

स्वास्थ्य कर्मचारीले घटनामा मर्नेको संख्या थपिनसक्ने बताएका छन्। बिस्फोटमा परेका केही व्यक्ति अहिले पनि गुमनाम छन्। उनीहरूको विषयमा कुनै जानकारी बाहिर आएको छैन। यसअघि गत अप्रिलमा बगदादको कोरोना अस्पतालमा भएको आगलागीमा ८२ जनाको निधन भएको थियो।

कोरोना महामारीका कारण इराकमा १७ हजार ५ सय ९२ जनाको निधन भइसकेको छ भने १४ लाख ३८ हजार संक्रमित फेला परेका थिए।