टोकियोमा चौथो पटक आपतकाल घोषणा
टोकियो । कोरोना भाइरसको प्रतिरोधका रूपमा सरकारले टोकियोमा चौथा पटक आपतकाल घोषणा गर्ने निर्णय गरेको छ ।
यसबारेमा सरकारले सत्तारूढ पार्टीलाई सूचित गरेको जनाएको छ।
त्यस्तै सरकारले ओकिनावा प्रान्तमा जारी आपतकालको स्थिति विस्तार गर्ने भएको छ । आपतकालको म्याद आगामी महिनाको २२ तारिखसम्म हुनेछ ।